04, May, 2024

राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

Bagmati Voice
संवाददाता
२६ चैत्र २०७९, आईतवार १३:१५ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त किरण पोखरेल राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

पोखरेल नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् । पत्रकारितामा क्रियाशील पोखरेल ६ वर्षसम्म उच्च अदालतको न्यायाधीशसरहको सूचना आयुक्तबाट अवकाश पाएपछि अर्को राजनीतिक नियुक्तिको खोजीमा भौतारिइरहेका थिए ।

राष्ट्रपति पौडेलले यसअघि राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी पौडेल, प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे र कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिसकेका छन् ।

२६ चैत्र २०७९, आईतवार १३:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading