04, May, 2024

उपनिर्वाचन लगत्तै सातै प्रदेशमा सरकार पुनर्गठन हुन्छ : बालकृष्ण खाँण

Bagmati Voice
संवाददाता
२६ चैत्र २०७९, आईतवार १२:१७ | १ साल अगाडी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने बताएका छन् ।

जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताएका हुन् ।

उनले गठबन्धनमा आबद्ध दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको पनि बताए ।’सबै प्रदेशमा आलोपालो गररेर विभिन्न दलले विभिन्न चरणमा लिने गठबन्धनभित्रको दलमा सहमति भएको छ । यो कार्यान्वयन हुँदै जान्छ,’ उनले भने ।

उनले राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक पनि अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्ने बताए ।

आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीले भोगिरहेकाले उक्त विधेयकलाई प्रमाणीकरण गराउनका लागि पहल गर्न सरकारसँग माग गरे ।

साथै, विभिन्न आन्दोलनको क्रममा राजनीतिक दलका नेताकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता प्रक्रियासमेत अघि बढाउनु पर्ने उनको भनाइ छ ।

२६ चैत्र २०७९, आईतवार १२:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading