17, May, 2024

जुम्ला एमालेमा दोहोरिए शान्तिलाल, कसले कति भोट ल्याए ?

बागमती भ्वाइस
बागमती भ्वाइस
२० बैशाख २०८१, बिहीबार १४:५८ | २ हफ्ता अगाडी

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । उनी १९४ मत ल्याएर विजयी भएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए । कूल ३३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले १३५ भोट ल्याएका छन् ।

महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष थिए । उपाध्यक्षमा प्रेमबहादुर बुढाले १८७ मत ल्याए । प्रतिस्पर्धी पदम बुढाले १३८ मत ल्याए ।

सचिवमा मानबहादुर रोकाया १७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी आदीप्रसाद न्यौपानेले १४१ मत ल्याए । उपसचिवमा धनबहादुर बुढाले १७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले १४१ मत ल्याए ।

महिला उपसचिवमा मेनका रेग्मीले १७४ ल्याएर विजयी भइन् । सुशीला भट्टराईले १०८ मतमा रोकिइन् ।

२० बैशाख २०८१, बिहीबार १४:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading