06, May, 2024

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ओखलढुंगामा ६० वर्षीय वृद्ध पक्राउ

Bagmati Voice
संवाददाता
२६ चैत्र २०७९, आईतवार ०८:४४ | १ साल अगाडी

ओखलढुङ्गा । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० वर्षीय गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार एक २४ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई पक्राउ परेका हुन ।

पक्राउ परेका कटुवालमाथि सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेको भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ ।

२६ चैत्र २०७९, आईतवार ०८:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading