वि.सं.२०८३ वैशाख १८ शुक्रवार

कंग्रेसमा वाक युद्ध, पौडेलको कुरा सभापतिले सुनेनन

khanepani

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलवीच वाक युद्ध शुरु भएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना चार विषय सभापति शेरबहादुर देउवाले नसुनेको गुनासाहरु गर्दै हिडेका छन।

ती विषयमाथि हालैको केन्द्रीय समिति बैठकमा आफूले निर्णय गर्नुपर्ने प्रस्ताव गरे पनि सभापति देउवाले ध्यान नदिएको उनले बताए।

आइतबार बिहान सुनसरीमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले भने, ‘मेरा कुरामा छलफल भएन। पारित गर्ने कुरामा सभापतिले ध्यान दिनुभएन। केन्द्रीय समितिले प्रष्ट दिशा र लाइन नलिँदा देशमा अन्यौलको सिर्जना भयो, म दुस्ख व्यक्त गर्छु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेर ठहर गरेकोले त्यसलाई लोकतान्त्रिक र संवैधानिक बनाउने बाटोतर्फ जानुपर्नेमा केन्द्रीय समितिले यसबारे ठोस निर्णय नगरेकोमा पौडेलको गुनासो छ।

यस्तै संवैधानिक नियुक्तिहरू खारेज गर्न पार्टीले माग गर्नुपर्ने भनेर केन्द्रीय समितिमा कुरा राखे पनि कुनै निर्णय नभएको उनले बताए।

यस्तै भ्रष्टाचार काण्डहरू आइरहेकाले छानविनको माग गर्नुपर्ने कुरा केन्द्रीय समितिमा राखेको उनको भनाइ छ।

प्रदेश सरकारमा नेकपाभित्रबाटै अविश्वास प्रस्ताव आएकोले यसबारे पनि निर्णय लिनुपर्नेमा केन्द्रीय समितिले कुनै निर्णय नगर्दा अन्यौल सिर्जना भइरहेको पौडेल बताउँछन्।

‘प्रतिनिधि सभा पुनर्स्थापना नै अहिलेका समस्याका समाधान हुन्। म त सांसद पनि छैन मलाई फाइदा हुने पनि होइन। मैले त प्रजातन्त्र र संविधान बचोस् भनेको हुँ,’ उनले भने।

उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान नमानेको पनि बताए। अब सर्वोच्च अदालतले संविधानको व्याख्या गर्नुपर्ने उनले बताएका छन्।

प्रतिनिधि सभा पुनर्स्थापना नै पार्टीको लाइन भएको पौडेलको भनाइ छ।

ranechhap