वि.सं.२०८३ वैशाख १८ शुक्रवार

विराटनगरबाट ओली पक्षको प्रचण्ड-माधव पक्षलाई लर्कार्दै भने, “चुनाव हुन्छ, विप्लवलाई पनि ल्याइन्छ”

khanepani

विराटनगर । प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिनाको बीचमा पूर्वी विराटनगरदेखि सुदूरपश्चिमको धनगढीसम्म पुगेर ठूला जनसभालाई सम्बोधन गरिकसकेका छन् ।

संयोग नै मान्नुपर्छ विभाजित नेकपाका दुवै समूहबीच ठूला जनसभा र शक्तिप्रदर्शनको होडबाजी छ । प्रचण्ड-माधव पक्षले जहाँ जनसभा गर्छन् त्यसपछि ओली त्यहिँ पुगेर आफ्ना कुरा जनतालाई सुनाउँछन् ।

प्रधानमन्त्री ओलीले यसबीचमा बुटवल, काठमाडौं, धनगढी र विराटनगरका ठूला सभालाई सम्बोधन गरिसकेका छन् । फागुन दोस्रो साताभित्र गण्डकी र कर्णाली प्रदेशका राजधानीमा हुने सभालाई सम्बोधन गर्न जाँदैछन् ।

शनिवार आफ्नो गृहप्रदेश समेत रहेको प्रदेश १ को विराटनगरबाट ओलीले केही सन्देश दिन खोजे । पहिलो कुरा– प्रतिनिधिसभा संवैधानिक हो र देशलाई अस्थिरतामा लैजाने गरि अदालतले अन्यथा फैसला गर्दैन ।

उनले त्यसको औचित्य पुष्टि गर्न खोज्दै अहिलेसम्म नेकपाको एकल वहुमतको सरकार भएकाले प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था नभएको बताए । यदि अब संसद पुनःस्थापना भएमा बहुमतको सरकार नहुने र अस्थिरता सिर्जना हुने बताए ।

ठूलो जनमानस देखेर उत्साहित भएका प्रधानमन्त्रीले आफ्नो सरकारले धेरै काम गर्न खोज्दा पार्टीभित्रैबाट र संसदबाट असहयोग भएकाले ताजा जनादेशमा जानुपरेको सन्देश दिन खोजेका छन् । ओली लगायत सभामा बोल्ने सबै नेताले गुमेको भूभाग फिर्ता ल्याउन नक्सा प्रकाशन गरेकै दिनदेखि पार्टीभित्रबाट प्रधानमन्त्री हटाउन खोजिएको कुरा जनतालाई बुझाउन खोजेका थिए ।

विराटनगरबाट ओली र बादल अनि सुवास नेम्वाङले दिन खोजेको अर्को सन्देश के हो भने– अब विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याइन्छ । नेकपाको मूलधार बनाइन्छ र प्रचण्ड–माधव पक्षको लागि कुनै स्पेस बाँकी राखिने छैन ।

ओलीले भने- मैले प्रचण्डजीलाई पार्टीमा दोस्रो अध्यक्ष बनाएको थिएँ । तर उहाँलाई त्यो पचेन । अझै पनि मौका छ, गल्ति स्वीकार गरेर पार्टीमा फकिनूस । नत्र पछुताउनु शिवाय केही पनि छैन । हामी अरुलाई समेटेर अघि बढ्छौं ।

ओली र बादलले अरुलाई समेटेर अघि बढ्छौं भनिरहेकै बेला प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको वक्तव्य जारी गरेपछि यसलाई संयोगमात्र मान्न सकिन्न ।

ओलीले चुनाव हुन्छ र चुनाव चिन्ह पनि आफूले नेतृत्वको गरेको नेकपाले नै पाउँछ भन्दै चुनाव लक्षित भाषण गरे । उनले कोभिडविरुद्धको भ्याक्सिन आइतवार नै भारतबाट आउन लागेको पनि बताए ।

चुनावी सभाकै शैलीमा आयोजित आमसभामा सुवास नेम्वाङले एक कदम अघि बढेर फागुन १५ भित्रमै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरेर फैसला दिने दावी गरे । उनले पनि पार्टीको आधिकारिकता ओलीसँगै रहने बताए ।

केही सन्देश,केही चेतावनी
ओलीले देशभर चुनावको पक्षमा उर्लिएका जनता अदालतले देखेकै होला भन्दै जनअपेक्षा विपरित अदालतको फैसला आए पार्टीले निरन्तर आन्दोलन अघि बढाउँदै सबैखाले अवरोध चिर्ने बताए । उनले अदालतले जनभावना विपरित गएर फैसला नगर्नेमा आफु विश्वास्त रहेको पनि वताए ।

ओलीले भने- संसद विघटनमा अदालतले अन्यथा फैसला गर्छ भन्ने म कल्पना गर्न सक्दिन । यदी जनअपेक्षा विपरित अदालतको फैसला आए आन्दोलनमा जान्छौ ।

उनले सरकारले तोकेको समयमा चुनाव हुने भन्दै प्रचण्ड–माधव समुहका नेतालाई जनताको ताजा जनादेश लिएर प्रधानमन्त्री बनेर देखाउन पनि चेतावनी दिए ।

गलत बाटोमार्फत प्रधानमन्त्री पद प्रचण्डलाई चाहिएको भन्दै ओलीले अबैधानिक बाटोमार्फत प्रधानमन्त्रीको पदको लोलुप्ता नदेख्न प्रचण्डलाई ओलीको सुझाव छ ।

उनले नेकपाको अर्को खेमा प्रचण्ड–माधव समूहलाई पार्टी फुटाएर गएकालाई मुल पार्टीमा फर्कन समेत आग्रह गरेका छन् । प्रधानमन्त्रीले गलत बाटो छोडेर आफ्नो पार्टीमा समाहित हुन पुनः आव्हान गरेका हुन् । उनले जनताको सागरमा सामेल हुन मन भए प्रचण्ड–माधव समूहका नेतालाई फर्किन आग्रह गरेका हुन् ।

ranechhap