काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) बुहारी विना मगरले सम्हालेको खानेपानी मन्त्रालय मातहत रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड लथालिङ भएको छ ।
यस लिमिटेडबाट सरुवा भएका केही कर्मचारीहरु स्वइच्छाचारीढंगले सरुवाको उलंघन हुदाँ समेत व्यवस्थापन कानमा तेल हालेर बसेको छ ।
खानेपानी लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महेश भट्टराईले सरुवा गरेका उदय केसी काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डमा लिसो टाँसीए जसरी टाँसीएर बसेका छन । उनले आफ्नो सरुवा अबैध किसिमले गरिएको भन्दै अदालतमा मुद्धा दायर समेत गरेका थिए तर, अदालतले उनलाई हराइदियो ।
सरुवा भइसकेपछि अदालतले समेत सरुवा ठिक थियो भनेपछि पनि उनी राजनितिक पहँच र अख्यिारको धम्की दिएर वोर्डमै गैरकानूनि ढंगले सात तहको पद भएपनि आठ तहको तलव समेत खार्दै आएका छन । उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सतौं तहका कर्मचारी हुन तर, उनलाई कुन नियम र कानूकको आधारमा सातौ तहका कर्मचारीलाई आठ तहको तलव खुवाइएको छ ।
तलव खुवाउने तालुकदार कार्यालय वोर्डले उक्त कुरा खुलाउन चाहेको छैन । उनलाई पहिले केयुकेएलले कामु आठ तह दिएको भएपनि पछि उनको कामु हटाएको थियो । केसीका जेठान अख्तियार दूरुपयोग अनुसन्धन आयोगमा सहसचिव हुदाँ वोर्डका कार्यकारी निर्देशक देखि लेखा प्रमुखलाई समेत मुद्धा हालेका थिए ।
तर, आफै बोक्सी र आफै धामीको रुपमा उनले, उनीहरुका मुद्धा मिलाउन समेत पहल गरेको कुरा खानेपानी लिमिटेडमा चर्चा हुने गरेको छ । कार्यकारी निर्देशक र लेखा प्रमुखमात्र हैन बोर्डका अध्यक्षसमेतलाई डर र त्रासमा राख्न केसी सफल भएका छन ।
केसी प्रचण्ड ज्वाई र राष्ट्रिपति कार्यालयका एक कर्मचारीलाई समेत एैन मौकामा दूरुपयोग गरेर नाजायज आर्थिक लाभ लिन सफल भएका छन । उनले खानेपानी लिमिटेडमा कार्यारत दूई भाई वम थरका कर्मचारीहरुलाई जाउलाखेल शाखामा सरुवा गरिदिने आश्वासन समेत दिएर एक आपसमा भिडाउन सफल भएका छन । केसीले खानेपानीमा बसेर अकुत सम्पती मात्र जोडेका छनन । उनको लोकन्थलीमा आनिनशान वंगला छ भने, एक आधुनिक गाडि समेत खरिद गरेका छन । उनी जागिरको अन्तिम अन्तिम अवस्थामा पुगेका छन ।
तर, जागिरको दौरानमा कहिल्यै पनि नराम्रो शाखामा उनी बस्नु परेको छैन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पती सुद्धिकरण विभागमा समेत उजुरी परेको समाचार स्रोतले दावी गरेको छ । उनी राष्ट्रपति कार्यालयका एक कर्मचारीलाई आफ्नो अनुकुल प्रयोग गरिरहेको पनि बुझिन आएको छ
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डका कर्मचारी युनियनका अध्यक्षले गतसालको वार्षिक उत्सवमा वोर्डमा कर्मचारीहरु नियक्ती भएर आएका हुँदा अन्य कार्यालयबाट सरुवा भएर आएका कर्मचारीहरु सरुवा भएको कार्यालयमा समान्न पूर्वक जानु भनेर भाषण समेत गरेका थिए ।
तर, पनि केसी जस्ता मतिभ्रष्ट कर्मचारीहरुको विवेक खुलेन । उनी अस्वाभाविकरुपमा वोर्डमा बसेर वोर्डलाई आर्थिकभार थपिरहेका छन । उनको राजनितिक पहुँच पनि अचम्मकै छ । उनी नेपाली कांग्रेस युनियन नजिकका कर्मचारी हुन । उनी गृह जिल्लामा खाटि कांग्रेस हुन ।
उनको राजनितिक आस्था पनि कांग्रेस नै हो । तर, आर्थिक लाभ लिने ठाउ र समयमा उनी नेकपा पनि बन्न पछि पर्दैनन । उनीको प्रचण्ड ज्वाईुुसँग काका भतिजको नाता लगाउँछन भने राष्ट्रिपति कार्यालयका कर्मचारीलाई पनि आफु अनुकुलको नाता नै लगाउँछन ।
त्यसैगरि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकुत मिलन शाक्यले विश्वमा महामारीको रुपमा रहेका कोभिड १९ कोरोराना भाइरस नियन्त्रणका लागि खानेपानीका टैंकि खरिद र अन्य उपकरण खरिदमा व्यापक अनियमितता गरेको खुलेको छ ।
उनले त्यो अनियमितताको हिस्ता मन्त्री मगरसम्म पुयाएको चर्चा पनि खानेपानी लिमिटेड परिसरमा चल्ने गरेको छ । उनी खानेपानीमा मुख्य कार्याकारी हुन लायक नभएको युनिनियका नेताहरुले खुलमखुल्ला नै बताउने गरेका छन ।