वि.सं.२०८३ असार १५ सोमवार

पूर्व-पश्चिम राजमार्ग धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

khanepani

जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिकाका ३ मा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

आज बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना।६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको प्रदेश १।०-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटना तीन जनाको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन् ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले दुर्घटनामा एकजना घाइते समेत भएको र उनलाई उपचारका लागि ढल्केवर हस्पिटल पठाएको जानकारी दिए ।

दुर्घटना भएको दुबै ट्रक क्षतिग्रस्त बनेको छ । ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त बनेको देखिएको छ ।

ranechhap