30, Apr, 2024

एटीसीसँग अश्लील शब्द बोल्नेसहित तीन हेलिकप्टर पाइलट निलम्बित

Bagmati Voice
संवाददाता
१० चैत्र २०७९, शुक्रबार ०८:२२ | १ साल अगाडी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लील शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं-लुक्ला उडानका क्रममा टावरसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो ।

‘यही २१, मार्च २०२३ मा काठमाडौंबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएको छ’, निरौलाले भने । पाइलटको नाम भने उनले खुलाएनन् ।

त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ ।

एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनैजना पाइलटले अर्को निर्णय नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् ।

१० चैत्र २०७९, शुक्रबार ०८:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading