30, Apr, 2024

राष्ट्रिय जनगणना- २०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुँदै

Bagmati Voice
संवाददाता
१० चैत्र २०७९, शुक्रबार ०७:५२ | १ साल अगाडी

काठमाडौं । नेपालको आधिकारिक जनसंख्याको घोषणा आज हुँदैछ ।

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गर्दै छन् ।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेको हो ।

जनगणना प्रक्रियाअन्तर्गत देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्यांक प्रशोधन गरिएपश्चात विभागले विवरण तयार पारेको हो ।

राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमीकमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसलाई पनि समेटिएको विभागले जनाएको छ ।

हरेक १० वर्षमा एकपटक हुने जनगणनाको श्रृंखलामा राष्ट्रिय जनगणना, २०७८ नेपालको १२औँ र २०७२ को संविधान जारी भएपछि संघीय गणतान्त्रिक प्रणालीको पहिलो गणना हो ।

विभागले यसअघि भर्चुअल माध्यमबाट गत माघ महिनामा जनगणना, २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या दुई करोड ८१ लाख ९२ हजार रहेको जनाएको थियो । विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।

१० चैत्र २०७९, शुक्रबार ०७:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading