वि.सं.२०८३ असार ५ शुक्रवार

बेलायतको संसदीय प्रतिनिधि मण्डलले गरे एनएमबी बैंकको अवलोकन

khanepani

एजेन्सी । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधि र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबी बैंकको अवलाेकन गरेका छन् ।

बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्यपछिको अवस्थाबारे अवलोकन गर्न र बैंकिङ्ग अभ्यासको जानकारी लिन उक्त भ्राण गरिएको जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले प्रतिनिधिलाई बैंकले दिगो बैंकिङ्ग अभ्यासको कार्यान्वयन पश्चात गरेको प्रगति विवरणको समिक्षा प्रकाश गरे ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित समेत भइसकेको बैंकले बताएको छ ।

ranechhap