27, Apr, 2024

झन्डै दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने तय,छैनन् कुनै एजेण्डा

Bagmati Voice
संवाददाता
९ चैत्र २०७९, बिहीबार १२:०७ | १ साल अगाडी

सुर्खेत । झन्डै दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने तय भएको छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान भएको बताए ।

अहिलेसम्म बैठकका कुनै एजेण्डा पेश भएका छैनन् । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १२ गते १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्ने सचिव बुढाथोकीले बताए ।

पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सभामुख र उपसभामुख चयन भएपछि छ वटा बैठक बसिसकेको छ । सभामुख माघ १ र ३ माघमा उपसभामुख चुनिएका थिए ।

६ माघमा मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिएका थिए । त्यस्तै, कर्णाली प्रदेशमा अहिलेसम्म ‘मिनी संसद’ संसदीय समिति समेत गठन भएको छैन ।

प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ वटा संसदीय समिति रहेका छन् ।

ती समितिले कहिले पूर्णता पाउने हुन् भन्ने विषयमा स्वयं सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू समेत बेखबर रहेका छन् ।

९ चैत्र २०७९, बिहीबार १२:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading