24, Jun, 2024

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक आज विश्वासको मत लिँदै

Bagmati Voice
संवाददाता
८ चैत्र २०७९, बुधबार ०७:५५ | १ साल अगाडी

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन ।

मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत लिने भएपछि चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

आज लिने विश्वासको मतमा राप्रपाले नदिने जनाए पनि सत्ता साझेदार नेकपा एमाले भने अझै अनिर्णीत अवस्थामा रहेको छ ।

केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको गठबन्धन भत्किएपछिको परिस्थितिले एमालेलाई माओवादी केन्द्रका मुख्यमन्त्री जम्मरकट्टेललाई मत दिने कि नदिने भन्ने अन्योल बढाएको हो ।

गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश सरकारले दोस्रो पटक विश्वासको मत लिन लागेको यो पहिलो पटक हो ।

८ चैत्र २०७९, बुधबार ०७:५५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading