05, May, 2024

पर्वतको फलेवासका एक वडा सदस्यमाथि निर्घात कुटपि, नाकको डाँडी भाचियो

Bagmati Voice
संवाददाता
७ चैत्र २०७९, मंगलवार १३:३० | १ साल अगाडी

पोखरा । पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीका एक वडा सदस्यमाथि निर्घात कुटपिट भएको छ ।

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका ६२ वर्षीय मोती प्रसाद भुषालमाथि स्थानीय युवाबाट निर्घात कुटपिट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुटपिट वडा सदस्यको नाकको डाँडी भाँच्चिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घरायसी कुरामा सामान्य भनाभन हुँदा वडा सदस्यमाथि स्थानीय अशोक भुषाल सहितका दुई युवाहरुले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पवर्तका सहायक हवल्दार भेषबहादुर नेपालीले जानकारी दिए ।

घाइतेको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

७ चैत्र २०७९, मंगलवार १३:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading