08, Sep, 2024

प्रदेश प्रमुख प्रसाईँद्वारा खोजी र उद्धार द्रुत बनाउन आग्रह

Bagmati Voice
संवाददाता
२६ असार २०७७, शुक्रबार ०६:५१ | ४ साल अगाडी

हेटौंँडा । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले सिन्धुपाल्चोकमा भएको बाढीपहिराको घटनाका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन । यहाँ आज वक्तव्य जारी गर्दै प्रदेश प्रमुख प्रसाईँले प्रदेश सरकारलाई खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन आग्रहसमेत गरे।

प्रदेश प्रमुख प्रसाईँले जोखिम कायम नै रहिरहेका अवस्थामा नागरिकलाई सावधान रहन तथा सरकारलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन।
यसैबीच वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक घटनामा ज्यान गुमाउनेहरुको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकमार्फत राहत घोषणा गरिने जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल तथा सामाजिक विकासमन्त्री युवराज दुलाल हेलिकप्टर लिएर सिन्धुपाल्चोक पुगेका थिए ।

२६ असार २०७७, शुक्रबार ०६:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading