वि.सं.२०८३ भदौ १५ सोमवार

प्रदेश १ प्रदेशसभामा नामकरणको प्रस्ताव पेस गर्ने समय एक घण्टा थप

khanepani

विराटनगर । प्रदेश १ प्रदेशसभामा नामकरणको प्रस्ताव पेस गर्ने समय एक घण्टा थप गरिएको छ ।

यसअघि १२ बजे सम्म समय तोकिएको भएपनि आन्तरिक तयारी नपुगेको भन्दै १ घण्टा थपिएको हो ।

प्रदेशसभामा रहेका दलहरूको आन्तरिक बैठकका कारण केही ढिला भएको हो ।

नामकरणका विषयमा आफ्नो दलभित्र सहमति जुटाउन नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीको संसदीय दलको बैठक बसिरहेको छ ।

बैठकका लागि प्रदेशसभा सचिवालयले ११ बजेको सूचना जारी गरेको थियो ।

ranechhap