वि.सं.२०८३ वैशाख १८ शुक्रवार

आरआर क्याम्पसमा ओली र प्रचण्ड माधव समूहका विद्यार्थीबीच झडप

khanepani

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस आरआर मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा परी प्रचण्ड माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले बताए । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताए ।

ranechhap