वि.सं.२०८३ भदौ ११ बिहीवार

सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु

khanepani

काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ ।

वार्तामा बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल केन्द्रित भएको ५ ।

विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए ।

सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन् ।

यातायात मजदुरले आज पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ ।

ranechhap