काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले तीन वर्षमा तीन उपहार दिएको नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ।
केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको आज तीन वर्ष पुगेको छ।
ओलीले आज सिंहदरबारबाट तीन वर्षमा भए गरेका मुख्य कामहरू प्रेस बिफ्रिङ गर्ने तयारी छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपाले यो तीन वर्षमा दम्भ, द्वन्द्व र भ्रष्टाचार दिएको बताएका छन्।
‘नेकपाले देशलाई तीन वर्षमा दिएको तीन उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार,’ शर्माले सोमबार बिहान ट्वीट गर्दै भनेका छन्। यो नै ओली सरकारको तीन वर्षको समीक्षा भएको शर्मा बताउँछन्।
‘शब्दलाई दुस्ख दिएर शब्दकोषको फजुल खर्च गरिएन,’ उनले भनेका छन्। ओलीले रंगिन सपना देखाए पनि उनकै कारणले त्यो चुँडिएको चंगाजस्तै भएको शर्मा बताउँछन्।
‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई विना अर्थ दिलमा सजाएँ तिमीलाई। तीन वर्ष अघि दिएको मत सम्झँदै जनताको एकालापमा आज सायद यही गीत छ। रंगित सपनाहरूको हवाइ उडान पाइलट केपी शर्मा ओलीकै कारण चुँडिएको चंगा जो भएको छ,’ उनले लेखेका छन्।






































