28, Apr, 2024

नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच अनलाइन कारोबारसम्बन्धी सम्झौता

Bagmati Voice
संवाददाता
२७ माघ २०७९, शुक्रबार १३:४१ | १ साल अगाडी

काडमाडौं । नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता भएको छ ।

बैंक र लगानी कोषबीच अनलाइन कारोबारमार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताबमोजिम राष्ट्रसेवक कर्मचारीको कर्मचारी बचत वृद्धि, अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ई–सर्भिस सफ्टवेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको सुरुवात गरिएको बैंकले जनाएको छ ।

नेपाल बैक र नागरिक लगानी कोषबीचको व्यवसायिक सम्बन्ध नागरिक लगानी कोषको स्थापनादेखि भएको र बैंकिङसम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलले बताए ।

२७ माघ २०७९, शुक्रबार १३:४१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading