28, Apr, 2024

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन

Bagmati Voice
संवाददाता
२७ माघ २०७९, शुक्रबार १३:०४ | १ साल अगाडी

सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ ।

शुक्रबार मध्यान्ह करिब १२ बजेको समयमा अध्यक्ष गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । दैलेख सदरमुकामको एक मेडिकलमा उपचार गरेर घर फर्किएका अध्यक्ष गुरूङको स्वास्थ्य अझ बिग्रिएपछि नभएपछि थप उपचारको लागि जिल्ला अस्पतालमा आएका थिए ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो । उनी ७५ वर्षका थिए ।

स्रोतका अनुसार अध्यक्ष गुरूङ पहिलादेखि नै ब्लडप्रेसरका बिरामी थिए । गत वैशाखको स्थानीय चुनावमा गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

२७ माघ २०७९, शुक्रबार १३:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading