काठमाडौं । चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात पुनः प्रभावित भएको छ ।
कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सिमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएछन्, दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प छ’ ।
चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जानकारी आएको रेग्मीले बताए । ‘ल्होसार मनाउन चिनियाँहरु आफ्नै घर फर्केका र आउन त्यतीका समय लाग्न सक्ने जानकारी भन्सार अधिकारीले गराएका छन्,’ उनले बताए।
कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थिए ।
दैनिका पाँच वटा चिनियाँ कन्टेनरले नेपालतर्फ यार्डमा सामान ल्याईदिनेगरी नाका खुलेको थिए ।







































