12, Apr, 2024

एकैदिन तोलामा ११ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

Bagmati Voice
संवाददाता
१३ माघ २०७९, शुक्रबार १२:१७ | १ साल अगाडी

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१३ माघ २०७९, शुक्रबार १२:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading