वि.सं.२०८३ वैशाख १८ शुक्रवार

जनयुद्ध दिवसकै दिन पूर्वजनमुक्ति सेनाले राष्ट्रिय भेलामा प्रचण्डसँग सम्बन्ध बिच्छेद गरेको गरे घोषणा

khanepani

बुटवल। माओवादी जनयुद्धको २६ औं वर्ष पुगेकै दिन प्रचण्डको आह्वानमा युद्ध लडेका माओवादी ‘जनमुक्ति सेना’को एउटा समूहले प्रचण्डसँगको सम्बन्ध बिच्छेद गरेको बताएको छ । राजधानीमा प्रचण्डले जनयुद्धको उपलब्धी खतरामा परेको भन्र्दै कार्यकर्ताहरुलाई बलिदानको लागि तयार रहन आग्रह गरे पनि बुटवलमा जारी पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेलाले केपी ओली नेतृत्वको नेकपालाई साथ दिने निर्णय गर्ने गरि तयारी गर्दै छ ।

फागुन १ गते जनयुद्ध दिवस स्थापना दिवसको दिन पारेर माओवादी जनयुद्धकालमा गठित जनमुक्ति सेनाको राष्ट्रिय भेला बुटवलमा शुरु भएको हो । भेलामा देशभरका करिब ६ सय पूर्वलडाकु सहभागी भएका छन ।

गणतन्त्रका जिउँदो शहिदलाई जनयुद्धका कमाण्डर पुष्पकमल दाहालले पटक पटक धोका दिएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग सम्बोधन गर्ने प्रतिवद्धता गरेकाले आफ्नो भेलापछि ओलीको सभामा सहभागी हुने पूर्व कमाण्डरहरुले बताएका छन ।

ठाउँ(ठाउँमा यो भेलामा आउनेलाई प्रचण्ड समूहले रोक लगाएको उनीहरूले गुनासो गरेका छन् ।

‘पश्चिमका सबै क्षेत्रहरुबाट प्रचण्ड समूहको अवरोध छलेर धेरै साथीहरु आउनुभयो, पूर्वमा रोक्ने काम भएको छ, यसको जवाफ हामीले पनि दिन जानेका छौं( पूर्वजनमुक्ति सेनाका संयोजक तथा छैंठौं डिभिजन कमाण्डर दुर्गा चौधरी सन्तोषले बताए ।

राष्ट्रिय भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, माओवादी जनयुद्धकालका दुई प्रमुख कमाण्डर टोपवहादुर रायमाझी र लेखराज भट्टले सम्बोधन गर्ने भएका छन ।

ranechhap