वि.सं.२०८३ असार १८ बिहीवार

संसद भवनअगाडि युवकले गरे आत्मदाहको प्रयास

khanepani

काठमाडौँ । नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा (संसद) भवनअगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार गाडी जानेबेला उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।

ranechhap