वि.सं.२०८३ असार १८ बिहीवार

महबुबले दुई खेलाडीमार्फत गराउन खोजेका थिए स्पट फिक्सिङ

khanepani

काठमाडौं । महबुब आलमले कम्तिमा दुई नेपाली खेलाडीमार्फत नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ ।

स्पट फिक्सिङको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आलमलाई सोमबार बिराटनगरबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनले नेपाली खेलाडी मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेका थिए ।

जननकपुर रोयल्सबाट खेलेका आलमले कम्तिमा दुई खेलमा त्यस्तै खेलेको देखिएको प्रहरीको दाबी छ ।

अर्का नेपाली खेलाडीलाई नेपाली व्यक्तिले नै एप्रोच गरेको पाइएको प्रहरीले बताएको छ ।

ranechhap