काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् ।
भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै उनले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए । उनले राजनिति संस्कृतिको जर्गेना गर्नुपर्ने बताए । उनले भने, ‘आकाशबाट निराशाका कालो बादललाई हटाउँन राष्टिय सहमति गरौं ।’








































