वि.सं.२०८३ असार १६ मंगलवार

बागमतीमा ११ मन्त्रालय कायम हुने, यी मन्त्रालय पर्ने भए कटौतीमा

khanepani

काठमाडौं । वागमती प्रदेशले हाल कायम रहेको १४ मन्त्रालयबाट तीन वटा मन्त्रालय घटाउने भएको छ । त्यसो हुादा बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुनेछ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा ११ मन्त्रालय हुने गरी अन्तिम तयारी भएको बताएका छन् ।

जम्मकट्टेलले मुख्यमन्त्रीमा नियुक्ति लिँदा मन्त्रालयको संख्या घटाउनका लागि प्रदेश मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा मन्त्रालय निर्धारण समिति गठन गरेका थिए । उक्त समितिले आज मुख्यमन्त्री जम्मकट्टेललाई आफनो प्रतिवेदन बुझाउँदैछ । समितिले १० देखि ११ मन्त्रालय राख्न सुझावसहितको प्रतिवेदन बनाएको छ ।

अहिलेको १४ मन्त्रालयको कामको मूल्याङ्न, आर्थिक भारलाई मध्यनजर गर्दै आफुहरूले कुन(मन्त्रालय कटौती गरी कहाँ मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने हिसाबमा प्रतिवेदन तयार पारिएको समितिका संयोजक निरौलाले बताए ।

विगतमा सत्ता टिकाउनका लागि राजनीतिक दलहरुले मन्त्रालय जथाभावी घटाउने र बढाउने गदैं आएका थिए । तर यसपटक एउटा निश्चित विधि र मापदण्डका आधारमा मन्त्रालयको संख्या टुंगो लगाउने गरी काम थालिएको मुख्यमन्त्री जम्मकट्टेलले मेरोन्यूजलाई बताए ।

अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा मुख्यगरी उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्यमा गाभ्न पर्ने सुझाव सहितको प्रतिवेदन तयार पारेको छ ।

समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएपछि उनले राजनीतिक दलहरुसँग एकसरो छलफल गरेर यसमा निर्णय लिने तयारी गरेका छन् ।

शुरुमा बागमती प्रदेशमा डोरमणी पौडेल नेतृत्वको सरकार रहँदा ७ वटा मन्त्रालय थियो । तर पछि अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा १ वटा मन्त्रालय थपेर ८ बनाइएको थियो । पछि एमाले को प्रदेश सरकार गुमेपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दा गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको संख्या ८ बाट बढाएर १४ बनाइएको थियो ।

अहिले १४ बाट घटाएर ११ मा झार्न लागिएको छ ।

ranechhap