वि.सं.२०८३ असार १६ मंगलवार

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

khanepani

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेललाई प्रधानमन्त्रीले आफनो प्रमुख राजनीतिक सलालहकार नियुक्त गरेका हुन् ।

गजुरेललाई मन्त्रीसरहको सुविधा पाउने गरी प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीले गजुरेलसहित सन्तु दराई परवानालाई प्रमुख स्वकिय सचिव, रमेश मल्ल र गंगा दाहाललाई स्वकिय सचिव, सूर्यकिरण शर्मा, मनहरी तिमल्सिना, शिव खकुरेल र गोकर्ण भटटलाई पनि सचिवालयमा नियुक्त गरेका छन् ।

ranechhap