काठमाडौं । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको छ।
साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो।
बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहान ११ देखि दिउँसो २स्३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ।
शनिबार नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२स्३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १स्३० देखि अपरान्ह ४स्३० सम्म विद्युत काटिनेछ।
कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १स्३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ।
सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रको भनाइ छ।
हेर्नुस् कुन(कुन क्षेत्रमा हुनेछ विद्युत् आपूर्ति बन्द








































