वि.सं.२०८३ भदौ २ मंगलवार

नेपाल प्रेस युनियन लुम्बिनीको पहिलो अधिवेशनले सुदीप गौतमको अध्यक्षतामा नेतृत्व चयन,अरु को-को आए समितिमा ?

khanepani

रुपन्देही । नेपाल प्रेस युनियन लुम्बिनीको पहिलो अधिवेशनले सुदीप गौतमको अध्यक्षतामा नेतृत्व चयन गरेको छ ।

बिहीबार दाङको भालुवाङमा सम्पन्न अधिवेशनबाट खुला उपाध्यक्ष जयसिंह केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती चयन भएका छन् ।

यस्तै महासचिवमा नवीन गिरी, खुला सचिवमा सूर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशी सचिवमा शमशेरविक्रम जिसी र कोषाध्यक्ष सीपी खनाल चयन भएका छन् ।

अधिवेशनबाट प्रकाश रेग्मी, वसन्त बन्जाडे, तेजेन्द्र केसी ,सुदीप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी, दीलीप खड्का, प्रमोद आचार्य, रवीन शर्मा चापागाईँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सिमा भट्टराई, ओमा कँडेल, पूजा पन्थी, दुखहरण यादव, रवीन्द्र यादव, सुरेश परियार सदस्य छानिएका छन् ।

लेखा समिति संयोजकमा मुक्तिप्रसाद न्यौपाने, सदस्यमा इन्द्रजीत रेग्मी र प्रकाश घिमरे छन् ।

ranechhap