वि.सं.२०८३ वैशाख १८ शुक्रवार

डा. अधिकारी भने, “प्रधानमन्त्री ओलीको कदम राजनैतिक अस्थिरता”

khanepani

विराटनगर । विराटनगर संविधानविद् डा विपिन अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक संकट नभएको बताएका छन् ।

विराटनगरमा आज आयोजित वर्तमान राजनैतिक अवस्था संकट र यसको निकास र आजको आवश्यता विषयक विचार गोष्टीलाई सम्बोधन गर्दै डा अधिकारीले संसद विघटनको कदम विरुद्ध सर्वोच्च अदालतमा गएकाले यो संवैधानिक संकट नभएको जिकिर गरे ।

उनले प्रधानमन्त्री ओलीको कदम राजनीति अस्थिरता मात्र भएको दाबी गरे ।उनले ओलीको कदम असबैधानिक भएकाले संसद पुनःस्थापन हुनु पर्नेमा जोडसमेत दिए ।

उनले संसद विघट्न गर्ने विशेष अधिकार संविधानमा नदिएकोले र उनले प्रधाननमन्त्री ओलीले अदालतले धम्काउने कार्य गरिरहेको समेत बताए ।

प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावमा पार्ने गरी औलो ठ्याएर धम्की दिने काम भईरहेको छ,अधिकारीले भने(संसद पुनःस्थापनको रिट अदालतमा छ ओली यो मुद्दाका झगडिया हुन्।यस्तो अबस्थामा ओलीले प्रधानमन्त्री ओलीले अदालतलाई औला उठाएर कुरा गर्ने छुटको अधिकार छैन।

उनले अदालतलाई प्रभावमा पर्नेमा खवरदारी गर्न आवश्यक रहेकोमा जोड समेत दिए ।

उनले प्रधानमन्त्रीको अंसवैधानिक कदमको पक्षमा रहेका दलहरु न्याययिक स्वतन्त्रताको रक्षामा केन्द्रीय हुनुपर्ने बताए डा।अधिकारीले अदालतले संसद पुनःस्थापनको पक्षमा हुनेमापनि आफु आश्वस्त रहेको बताए ।

ranechhap