वि.सं.२०८३ वैशाख १७ बिहीवार

रामकुमारीले भनिन् ” गिरफ्तारी दिन तयार छु”

khanepani

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीबाट पक्राउ पुर्जि पाएपछि आफू गिरफ्तारी दिन तयार भएको बताएकी छन् ।

उनले राज्यको कानूनको पालना गर्न आफू तयार रहेको बताइन् । कार्यकर्ताले भने उनको पक्षमा नारावाजी गरिरहेका छन् ।

समर्थनको नारावाजीका बीच निवास बाहिर निस्केकी झाँक्रीले छोटो सम्वोधन गरेकी थिइन् । उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भए क्षमायचना गर्ने बताइन् ।

ranechhap