08, Sep, 2024

यसकारण गुम्यो सरिता गिरीको सांसद पद, लिला सिटौलाको भाग्य खुल्यो

Bagmati Voice
संवाददाता
२५ असार २०७७, बिहीबार १०:०७ | ४ साल अगाडी

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ।

संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको हो। समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो।

संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका हुन्।

नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन्। उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्।

त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन्। अब उनको ठाउमा लिला सिटौलाले संसाद हुने भाग्यमानी भएकि छन ।

२५ असार २०७७, बिहीबार १०:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading