वि.सं.२०८३ वैशाख १७ बिहीवार

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकको प्रहरी उनको निवासमा

khanepani

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली शंखमूलस्थित झाँक्रीको निवासमा पुगेको हो ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले झाँक्रीलाई लिन टोली खटाइएको बताए ।

‘उहाँलाई केही सोधपुछका लागि बोलाउन लागेका हौं, हाम्रो टोली परिचालन भएको छ,’ उनले बताए।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीको आलोचना भएको थिए । यसै विषयमा सोधपुछका लागि प्रहरीले बोलाएको हो ।

ranechhap