29, Apr, 2024

मैले राष्ट्रिय सहमतिको प्रधानमन्त्री बनेकाे अनुभूत गरेको छु : प्रचण्ड

Bagmati Voice
संवाददाता
३० पुष २०७९, शनिबार १६:१८ | १ साल अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिको बन्नेतर्फ जान लागेकाे सकेत गरेका छन ।

शनिवार राजधानीमा आयोजित एक समाराेहमा बोल्दै आफूले प्रतिनिधि सभामा विश्वासको मत लिँदा असाधारण मत पाएको समेत बताए।
उनले भने, ‘४४ औँ प्रधानमन्त्री हुँदा सदनमा असाधारण परिघटना पनि भयो अस्ति विश्वासको मत लिँदा। झण्डै सिंगै सदन नै सहमत भयो। र, विश्वासको मत मलाई असाधारण उचाइको साथ मलाई प्राप्त भयो। करिब करिब मैले राष्ट्रिय सहमति भएको प्रधानमन्त्रीमा भन्ने अनुभूत गरेको छु।’

उनले आफूमाथि थप जिम्मेवारी र चुनौती बनेको समेत बताए।

३० पुष २०७९, शनिबार १६:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading