वि.सं.२०८३ असार ५ शुक्रवार

मधेशमा माओवादी केन्द्र संसदीय दलको नेता चुनिए भरत

khanepani

जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् ।

दलका नेताको लागि आज चुनाव भएको थियो । भरत ६ मत पाउँदै संसदीय दलको नेता चुनिए । अर्का प्रत्यासी युवराज प्रसाद भट्टराईले ३ मत पाए । मधेश प्रदेश सभामा माओवादी केन्द्रका ९ सांसद छन् ।

भरत साह यसअघि पनि माओवादी केन्द्र संसदीय दलको नेता थिए ।

ranechhap