काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
मुख्यमन्त्री जमकट्टेल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले जमकट्टेललाई बधाई तथा सफल कार्यकाल शुभकामना दिएका छन् ।
जमकट्टेल पुस गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ ।







































