काठमाडौं । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाएको छ ।
बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित २२ माघ २०७६ मा मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । उनीसँग अख्तियारले ९१ लाख भन्दा बढी बिगो मागदाबी गरेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिले उनको नामै किटेर कारबाही गर्नुपर्ने सुझाव दिएको थियो ।









































