वि.सं.२०८३ वैशाख १८ शुक्रवार

शर्माले भने, “जनताको समस्या समाधान गर्न नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ”

khanepani

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका नेता जनार्दन शर्माले जनताका समस्या समाधान गर्न नयाँ कुलमानहरूको आवश्यकता रहेको बताएका छन्।

आज प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै शर्माले नयाँ कुलमानहरू नियुक्त गर्नुपर्ने बताएका छन्।

‘जनताका समस्याहरू समाधान गर्न नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि सक्षम राजनीतिक नेतृत्व चाहिन्छ।

शर्मा ऊर्जामन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको थिए। कुलमान नै कार्यकारी निर्देशक भएका बेला नेपालमा लोडसेडिङ अन्त्य भएको थिए।

ranechhap