वि.सं.२०८३ असार १९ शुक्रवार

गृह मन्त्रालयले पृथ्वी जयन्ती पुस २७ गते को दिन सार्वजनिक विदा दिने निर्णयमा उपेन्द्र यादवको विरोध

khanepani

काठमाडौं । गृह मन्त्रालयले पृथ्वी जयन्ती (पुस २७ गते) को दिन सार्वजनिक विदा दिने निर्णय भएको औपचारिक जानकारी गराएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो ।

सरकारको उक्त निर्णयमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने विरोध जनाएका छन् । यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवको दावी छ ।

ranechhap