वि.सं.२०८३ असार १२ शुक्रवार

नेपाल टि २० क्रिकेटमा अनलाइन बेटिङ गराएको आरोपमा भारतीय युवक पक्राउ

khanepani

२१ पुस, काठमाडौं। नेपाल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार रहेका छन्

कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमाबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बिच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाइन बेटिङ गराएको प्रहरीको भनाइ छ ।

ranechhap