वि.सं.२०८३ भदौ २ मंगलवार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता

khanepani

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे ओली र लिङ्देनबीच छलफल भएको हो ।

सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन संकटमा परेको बेला ओलीले रणनीति वार्ता अघि बढाएका छन् । उनले रास्वपा र माओवादी अध्यक्ष प्रचण्डसँग पनि संवाद अघि बढाएका छन् । ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद दिने वचन दिइसकेको विवरण सार्वजनिक भइरहेको छ ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसकिने भनेपछि प्रचण्ड बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका थिए ।

ranechhap