वि.सं.२०८३ वैशाख १८ शुक्रवार

आज अपरान्ह २ बजेको लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन्

khanepani

विराटनगर । प्रदेश १ सभाको बैठक अनिश्चित तर्फ अघि बढेको छ ।आज अपरान्ह २ बजेको लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन्।

बैठकका लागि कार्य व्यवस्था समितिको बैठक साढे २ घण्टादेखि जारी छ ।सभामुखले बोलाएको कार्य व्यवस्था समितिको बैठकमा ओली समुहले बैठक स्थगित गर्नु पर्ने अडान राखेको र प्रचण्ड माधव समुहले बैठक कुनैपनि हालतमा सुचारु गर्नु पर्ने अडान राखेपछि कार्य व्यवस्था समितिको बैठक लम्बिएको हो ।

प्रदेश सभाको आजको बैठकमा कुनै विजनेश नदिएकाले मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव प्रकृयामा लैजानु पर्ने वाध्यता छ ।यता ओली पक्षले भने आजको बैठक छलेर प्रस्ताव प्रेश हुन नदिने रणनीतिमा छ।

आजको बैठक छ्ल्न यसले कार्वाही गरिएका भनिएका प्रचण्ड माधव पक्ष १६ जनालाई प्रदेश सभा बैठकमा प्रवेश गर्न दिन नहुने अडान राखेको छ ।२ बजेका लागि डकिएको बैठकमा भाग लिन प्रदेश सभा सदस्यहरु आउने जारी छ ।

ranechhap