28, Apr, 2024

प्रभाकरले यस कारण दिए राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा

Bagmati Voice
संवाददाता
२९ मंसिर २०७९, बिहीबार १५:५१ | १ साल अगाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशिय शंखलामा लज्जास्पद प्रदर्शन गरेर नेपाली क्रिकेट टिम घर फर्किएसँगै प्रभाकर पनि सुटुक्क भारत प्रस्थान गरेका थिए ।

तर, उनले पद त्यागेको हो या हैन भन्ने कुरा नेपाल क्रिकेट संघ (क्यान)ले औपचारिक घोषणा गरेको थिएन । बिहीबार क्यानले प्रभाकरको राजीनामा स्वीकृत गरेको जानकारी गराएको छ । यस्तै, क्यानले उनलाई आगामी यात्राका लागि शुभकामना पनि दिएको छ ।

तत्कालिन प्रशिक्षक पुवुदु दाशनायकेले राजीनामा दिएपछि नेपाली क्रिकेटको जिम्मेवारी सम्हालेका प्रभाकरले राम्रो नतिजा दिन नसकेपछि उनी राजीनामा दिएर भारत फर्किएको अनुमान लगाउन सकिन्छ ।

२९ मंसिर २०७९, बिहीबार १५:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading