वि.सं.२०८३ वैशाख १७ बिहीवार

भेटियो हराएकी वृद्ध महिलाको शव

khanepani

पाल्पा । तानसेन नगरपालिका ८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव फेला परेको छ।

गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव शुक्रबार जंगलमा भेटिएको हो।

माथागढी गाउँपालिका २ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो। हिराकुमारी पुस ४ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए।

ranechhap