28, Apr, 2024

निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दाबी भुक्तानी शुरु,पहिलो चरणमा १६ हजारलाई दिइने

Bagmati Voice
संवाददाता
१३ मंसिर २०७९, मंगलवार ११:३३ | १ साल अगाडी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दाबी भुक्तानी शुरु गरेका छन् । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब बिनियोजन गरिसकेको छ ।

सरकारले विनियोजन गरेको रकमको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप गरेको र १२ प्रतिशत नेपाल रि इन्सुरेन्सले थप गरेको छ । बीमा प्राधिकरणले त्यसमा आठ प्रतिशत रकम थप गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

अहिलेको सो रकमले १६ हजार बीमितलाई भुक्तानी गर्न पुग्ने पौडेलले जानकारी दिए ।जुन जुन बीमा कम्पनीबाट बीमा गरिएको हो सोही कम्पनीबाट बीमा रकम भुक्तानी हुने प्राधिकरणले जनाएको छ ।

कोरोनाकालमा बीमा गरेकाहरुको मितिका आधारमा जसको पहिला छ उसैलाई पहिला दिने गरी वित्तरण हुने प्राधिकरणले जनाएको छ । सरकारले दावी भुक्तानी गर्ने प्रतिबद्धता गरे पनि डेढ वर्षदेखि भुक्तानी रोकिएको थियो ।

१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५ सय ५४ रूपैयाँ बराबरको दावी गरेका थिए । यसमा करिब साढे ३ अर्ब भुक्तानी भइसकेको छ भने १२ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी हुन बाँकी छ ।

१३ मंसिर २०७९, मंगलवार ११:३३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading