12, May, 2024

सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित,नेकपा एसलाई मुस्किल

Bagmati Voice
संवाददाता
१३ मंसिर २०७९, मंगलवार ११:२६ | १ साल अगाडी

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।

पछिल्लो मतपरिणामअनुसार २६ लाख ३३६ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेर एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसको २४ लाख ६४ हजार ३१ मत रहेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ७ हजार ७१८, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ७५ हजार १५५, पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ५३ हजार ९७४ र छैटौं स्थानमा रहेको जसपाको ३ लाख ६७ हजार ७६० मत रहेको छ ।

यस्तै, आठौं स्थानमा रहेको जनमत पार्टीले थ्रेसहोल्ड कटाउँदै गर्दा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई धौधौ परेको छ । नेकपा एसले २ लाख ६५ हजार ९८४ मत ल्याएको छ।

प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्न हम्मेहम्मे गरेको छ । प्रत्यक्षतर्फ कम्तीमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५४८ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३८ हजार ६९० मत ल्याएको छ ।

१३ मंसिर २०७९, मंगलवार ११:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading