जनकपुर । प्रचण्ड-नेपाल समुहको नेकपाले गरेको आमहड्तालको प्रदर्शनको क्रममा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा प्रचण्ड-नेपाल नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।
नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ । यस्तै,प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ ।






































