धनगढी । धनगढीमा प्रचण्ड-नेपाल पक्षको बन्द असफल बनाउन ओली पक्ष पनि सडकमा आएको छ। आमहड्तालको विरोधमा सत्तारूढ नेकपा ओली पक्षका युवाले धनगढीमा प्रदर्शन सुरु गरेका छन।
उनीहरुले गरिखानेलाई काम गर्न दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्।
उनीहरूले मुख्यमन्त्री कार्यलयदेखि धनगढी चौराहसम्म र्याली र नाराबाजी गर्दै अघि बढेका थिए। ‘व्यापारी साथी एक हौं बन्द गर्न पाइदैन, बन्दलाई खुला गरौं।। ’लगायतका नारा उनीहरूले लगाएर बजार घुमेका छन।
प्रचण्ड–नेपाल समूहको नेकपाका कार्यकर्ता आमहड्ताल सफल पार्न ठाउँठाउँमा उपस्थित छन्।
दुबै समूहका कार्यकर्ता सडकमा आएपछि झडप हुने सम्भावना बढेको भन्दै प्रहरीले उच्च सतर्कता देखाएको छ।






































